नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।

बैंकका बिराटनगर शाखा प्रबन्धक (प्रदेश १) दुर्गा प्रसाद घिमिरेले प्रदेश १ का मूख्यमन्त्री शेरधन राइ लाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैकले प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख रुपैंया र संघीय सरकारलाई ६५ लाख रुपैंया गरी एक करोड रुपैंया सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले बिपदको समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले बिश्वभर महामारी फैलिरहेको कोरोना विरुद्धको अभियानका लागि सरकारलाई सहयोग हस्तान्तरण गरेको शाखा प्रबन्धक घिमिरेले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!