बुधबार, चैत्र २६, २०७६ || 919  पटक पढिएको

आठौं राष्ट्रिय खेलकुद प्रतियोेगिताका लागि ४० लाख रुपैैयाँ खर्चेर लगाइएको नेपालगन्ज रंगशालाको बरमुण्डा दुबो सुक्न थालेको छ। लकडाउनपछि दुबोमा सिँचाइ भएको छैन। नेपालगन्जमा दिनप्रतिदिन तापक्रम बढ्दो अवस्थामा छ।

मंगलबार मात्र नेपालगन्जको तापक्रम ३५।५ डिग्री सेल्सियस थियो। रंंगशालाको पश्चिमी मूलद्वार, उत्तार र दक्षिणका सबै ढोकाहरुमा ताला लगाइएको छ। पर्खालमाथि चढेर अन्नपूर्ण पोस्ट्ले नियाल्दा रंंगशालाको हरियो मैदान कालो ठूटो जस्तो भएको छ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का खेल तथा प्रशिक्षण निर्देशक जयन्त शर्मा लकडाउनपछि रंंगशालामा सिँचाइ नभएको स्वीकार्छन्। ‘लकडाउन अघि त दुई तीन दिन बिराएर रंगशालाको दुबोमा सिँचाइ हुन्थ्यो। अहिले सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन्। सिँचाइ भइरहेको छैन’, उनले भने। रंगशाला परिसरमै रहेको ह्यान्डबल परिसरमा रोपिएको बरमुण्डा दुबो भने अहिले पनि हरियो नै छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोेगिताका लागि कलकत्तााबाट दुबो ल्याएर लगाइएको थियो। त्यत्तिाबेला रंगशाला निकै नै हरियो देखिन्थ्यो। क्षेत्रीय खेलकुद विकास समिति साउन ९आठ महिना० देखि पदाधिकारीविहीन छ। समिति पदाधिकारीविहीन हुँदा राष्ट्रिय खेलकुद प्रतियोेगिताका बेलामा करोडौं रुपैैयाँको लागतमा निर्माण गरिएका भौतिक संरचना अस्तब्यस्त बनेका छन्।अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!