नेपालमा एकजना कोरोना भाइरसका संक्रमितको भारतबाट सम्भावित प्रवेश सफल हुन सकेन । सुनसरी घर भएका सफिद मियाँ कोरोना संक्रमित भएपछि भारतको अस्पतालमा आइशोलेशनमा राखी उपचारका क्रममा सोमबार राति भागेका थिए । तर, भोलिपल्टै उत्तर प्रदेशको बागपत जिल्लाको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

बागपत प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । उनलाई पुनः अस्पतालमा भर्ना गरिएको जनाइएको छ । मियाँ मुस्लिम धर्मसँग सम्बन्धित तबलिगी जमातीसँग आवद्ध रहेको खुलेको छ । उनी उक्त समूहले नयाँ दिल्लीको निजामुद्दिनमा मार्च महिनाको मध्यतिर आयोजना गरेको धार्मिक सम्मेलनमा सहभागी हुन पुगेका थिए । सोही सम्मेलनमा सहभागीमध्ये पाँच सय भन्दा बढी संक्रमित भेटिइसकेका छन् ।

तवलिगी जमाती समूहको सम्मेलनपछि कोरोना संक्रमण फैलिएपछि दिल्ली प्रहरीले उक्त सम्मेलनमा सहभागी हुनेलाई खोजी खोजी आइशोलेशनमा राखी टेष्ट गरिरहेको छ । उक्त क्षेत्र नै नियन्त्रणमा लिई खाली गरिएको छ ।

सम्मेलनमा सहभागी हुन नेपाली नागरिकहरु पनि पुगेको खबर आएको थियो । त्यसमध्ये मियाँ संक्रमित भएको खुलेको थियो । उनी संक्रमित भई उपचार गरिरहँदा अस्पतालबाट फरार भएपछि भारतमा मात्र नभई नेपालमा पनि त्रास उत्पन्न भएको थियो । तर, भारतको बागमत प्रहरीले मियाँलाई खेकडा क्षेत्रको काठा मार्ग ग्राम बन्दपुर ईट्टा भट्टाको नजिकबाट गिरफ्तार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!