शुक्रबार, मंसिर २७, २०७६ || 1960  पटक पढिएको

हिपमत डटकम
इटहरी ,मंसिर २७ ।

मिस पुर्वान्चल २०१९ का २० जना प्रतियोगीहरु बिहिबार दिउँसो कोहि इटहरी चोकमा पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिए भने कोहि हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाइ तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउदै थिए ।
प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धि तालिम दिदै एकदिन स्वयमसेवकको रुपमा ट्राफिक प्रहरीहरु संगै खटाईएको थियो । ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बिरेन्द्र चोक , पश्चिम लाइन , पुर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए । उनीहरुले ६० जना जति नियम मिच्ने सवारी चालकहरुलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटना बाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए ।
१ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पुर्वान्चल लुब्रिकेन्ट्स ,बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरुलाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिम बहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधि तालिम दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!