मंगलबार, चैत्र २५, २०७६ || 1365  पटक पढिएको

कोरोना भाईरस बाट पिडीत विश्व समाजको आवश्यकता भनेको विश्वको सम्पुर्णमानव समाज एकजुट भएर कोरोना भाईरससंग लड्नु नै हो! आजको दिनमा हामीराष्ट्रिय र राष्ट्रियताको कुरा गरेर बाच्नेवालामा हामी छैनौ यो कुरा सबैले स्विकार्नु पर्छ। आज विश्व यो अवस्थामा पुगे कुरामा कुनैजाति वर्ग बिषेशलाई दोषारुपण गर्ने बेला पनि होइन तर पनि कहि कतै कमजोरी त्रुटी भएकै छ ।

यो कोरोना भाईरस चिनको वुयान प्रांतबाट फैलिने शुरु भएर आज विश्वको २०० राष्ट्रियमा फैलिएर ठुलो माहामारीको रुपलिईसकेको छ । कोभिड-१९ माहामारीको रुप लिनुमा चिन सरकारबाट समयमा कोभिड-१९ बारे सही जानकारी विश्वलाई नगराउदा आजको अवस्था आएको कुरालाई केही हदसम्म मान्नु पर्ने हुन्छ । कसरी भने १७ नोभेम्बर २०१९ देखीनै चिनमा कोरोना भाईरसका बिमारीहरु आउन थालिसकेको थियो । तर चिन सरकारले ४५ दिन पछी 31 December 2019 मा WHO लाई जानकारी गरायोकी हाम्रो वुयान प्रान्तमा निमोनिया जस्तो देखिने नया किसिमका रोगहरु देखा पर्न थाल्यो भनेर ।

चिनिया सरकारको वुझाईमा यस्तो नया रोगको भाईरस वुयान प्रान्तको हुनान seafood wholesale market बाट फैलिएको हुन सक्छ । किनभने यही wholesale market मा काम गर्ने त्येस वरिपरी काम गर्ने कामदारहरुमा यस्तो किसिमको रोग देखापर्न थालिसकेको थियो । 1 January 2020 मा यो huanan seafood wholesale market लाई सरकारले बन्द गरायो । 7 January 2020 मा यस नया भाईरसलाई 2019-ncov नाम दियो । 11 January मा यस 2019 -ncov बाट ६१ बर्षिय मान्छेको मुत्यु भयो जसले हुएनान seafood marketबाट केही समान किनेर लगेको थियो । यसरी चिनको Wuhan प्रांतबाट यो भाईरस फैलिएर अरु अन्य प्रान्तमा देखिन थालेपछी 30 January 2020 WHO ले विश्वव्यपी आपतकालिनको घोषणा गरियो तर पनि चिनले WHO लाई यो भाईरस मानिसबाट मानिसमा सर्दैन बरु जनावरबाट मानिसमा सर्ने हो। WHO ले पनि चिनको उक्त भनाईलाई विश्वास गरी विश्वका अन्य अरुदेशहरुलाई यसै अनुरुप जानकारी गरायो जसले गर्दा विश्वका प्राय धेरै देशहरुले आफ्नो अन्तराष्ट्रिय उडानहरुलाई बन्द नगरी सु-चालुरुपले संचालन गरीने रखियो र आन्तरिक सावधानि अपनाउने कुराहरुमा पनि ध्यान दिएन जस्को परिणाम आजको भयाभएको अवस्था सिर्जित हुन पुगियो । चिनको वुहान प्रान्तबाट COVID-19 को माहामारी सिधा असर अन्य देशमा बसोबास गर्ने चिनिया नागरिकहरुलाई परिरहेको थियो । चिन बाहेक अन्य देशमा चिनिया नागरिकहरु देखी त्याहाका नागरिकहरु टाढा टाढा हुने उनिहरुसंग राम्रो व्यवहार गर्न पनि छाडे जसले गर्दा विश्वभरी चिनीया नागरिकहरुको सम्बन्धमा जातिवाद फैलिन थालियो यसरी विश्वभरी चिनीया नागरिकहरु प्रती फैलिएको घृणा अवश्य पनि राम्रो कुरा थिएन ।सबैले यस्तो बिषम परिस्थितीमा चिनिया नागरिकहरुलाई साथ र सहयोग गर्नु पर्ने हो । यही भावनालाई आत्मासात गर्दै 8 February 2020 मा Italy को फलोरेन्स प्रान्तको मयरले hug campaign to Chinese citizens शुरु गरियो र यस आभियानमा धेरै भन्दा धेरै युरोपियन नागरिकहरु यस अभियानमा भाग लिएर चिनिया नागरिकहरुलाई hug गर्न थाल्यो ।

जब यो भाईरस ईटाली, फान्स स्पेन आदी युरोपियन देशहरुमा र एसियन देशहरु र साथै मिडिलिस्टका अन्य देशहरुमा तिब्र गतीमा फैलिन थालेपछी 11feb 2020 मा W H O ले यस भाईरसको नाम COVID-19 राखियो

चिनिया सरकारलाई यो COVID-19 बारे राम्रो जानकारी थियो किनभने यो भाईरसको उत्पत्ती चिनको वुहान प्रान्तबाट भएकोले गर्दा चिन सरकारले यो भाईरसलाई फैलिनबाट रोकिसकैयो अब हामी चिनीया नागरिकहरु यो भाईरसको संक्रमणबाट मूक्त हुने छौ भनेर घोषणा गरिसकेको अवस्थामा चिनीया सरकारलाई यो भाईरसको बारे राम्रो जानकारी थियो तर चिन सरकारले आजकोदिनसम्म पनि यो भाईरसको बारेमा धेरै कुराहरु लुकाएर राख्नु एउटा षडयन्त्रको आभास जस्तो हुन्छ ।

WHO ले 11 Mar 2020 मा आएर यस भाईरसले विशवमा सिर्जीत परिस्थितीलाइ माहामारीको(pandemic) रुपमा घोषणा गरियो ।

आज यो pandemic को फैलाउटलाई अध्यान गर्दा यस भित्र केही षडयन्त्रको पनि कता कता आभास हुन आउ छ । भले त्येसो नहुनपनी सक्छ तर पनि यस pandemic spreading को सबन्धमा भएका त्रुटीहरुको अध्यान गर्दा conspiracy theory को आधारहरुमा पनि गरौ भन्ने मेरो आशय हो । किनभने यो pandemic लगभग ३ महिना भित्र विश्वको २०० देशहरुमा मानिसहरुको आपसी सम्पर्कबाट फैलिनु भनेको धेरै नै असाधारण कुरा हो । आज सारा विश्व लागेर पनि यो pandemic बाट रोक्ने मेडिकल उपकरणहरु जस्ते माक्स सेनेटाइजर एप्रोन आदी सबै देशहरुमा प्रयाप्त मात्रा पुराउन सकिरहेको छईनौ भने उता यो माहामारी त्तिब्र गतीमा फैलिरहेको छ । मेडिकल क्षेत्रले यसको दवाई उपचारको उपायहरु पत्ता लगाउला त्यसमा हामी विश्वस्त छौ । आज यो माहामारीले मानव जातिको अस्त्तिव माथी प्रहार गरी रहेको यसको उत्पत्तिको कारण पत्ता लगाउने पर्ने छ ।भोलिको दिनमा हुनसक्ने यस्ता घटनाहरुलाइ बेलैमा रोक्न सकौ । यो माहामारीको कारण पत्ता लगाउने माध्यम मधै conspiracy theory पनि एउटा माध्यम हो ।

Conspiracy theory अन्तर्गत केही प्रश्नहरु उठेका छन जस्तै-चिन सरकारले यो भाईरस अमेरिकाले बनाएको हो यस भाईरसलाई अमेरिकन सेना मार्फत वुयान प्रान्तमा फैलाएको हो भनेर अमेरिकन सरकार माथि आरोप लगाको बिभिन्न अन्तराष्ट्रिय मिडिया मार्फत भनिरहेको छ ।-अमेरिका सरकारले पनि यो भाईरस चिनले आफ्नो

ल्याब बाट निर्मित गरेको एउटा जैबिक हतियार हो ।

-इरानले यो इजरालले निर्माण गरेको भाइरस हो उसले पहिले नै यसको भ्याक्सिन पनि बनाइसकेको छ ।अब इजरालले अन्तराष्ट्रिय बजारमा आफ्नो भ्याक्सिन बेच्छ । _ठुला ठुाला औषोधी कम्पनिहरुले आफ्नो औषोधी बेच्न यसो गरेको हो ।आदी इत्यादी कुराहरु जिकिर अन्तराष्ट्रिय मिडियाहरुमा भएको हामी पाउछौ ।

आज अमेरिका र उस्का अन्य सहयोगी योरपियन देशहरुको अवस्था हेर्दा कुनै कोणबाट पनिचिनले अमेरिका माथी लगाएको आरोपहरु प्रमाणीत पुष्टी हुन सक्ने अवस्थामा छैइन ।

इजरायल आफै यस माहामारीको चपेटामा परिरहेको स्थितीमा यदी इजरायलसंग पहिले देखीनै यस भाइरसको भ्याक्सिन थियो भने अहिले सम्म किन प्रयोग नगरेको इरानले इजरायल माथि लगाएको आरोप एउटा काल्पनिक आरोप मात्र हो भन्ने कुरामा कुनै शंका भएन । र ठुला ठुला औषोधी कम्पनिहरुले आफ्नो औषधी बेच्न यसो गरेको हो भन्ने आरोप कलोकल्पित आरोपहरु मात्र हुन जति पनि माथि उल्लेखित आरोपहरु छन सबै झुठ्ठा काल्पनिक हुन यिनीहरुमा तर्क गर्ने ठाउ नै छइन ।

अन्तमा यो भाइरस चिनले निर्माण गरेको जैबिक हतियार हो भन्ने आरोप लगायता पनि सारा विश्वले चिनलाइ शंकाको दृष्टिले हेरिरहेको हामी पाउछौ । आज सारा विश्वसंग क्यौ प्रश्नहरु छन । ति प्रश्नको उत्तर पाउने आशामा चिनलाई हरिरहेको छ । ति प्रश्नहरु यस प्रकार छन

-चिनले COVID-19 को वास्तबिकता लाई आजको दिनसम्म प्रष्ट पर्न नचाहेको हो वा यस बारे अन्य जानकारी चिन सकारलाई नभएकै हो । वा जानकारी दिन नचाहेको हो

-लगभग ३ महिना भित्र सारा विश्वका २०० राष्ट्रियहरुमा फैलिसक्नु कसरी सम्भव भयो

-COVID-19 उघगम स्थल मानिने चिनको वुयान प्रान्त बाहेक चिनको अन्य प्रान्तमा यसको प्रभाव नगन्यरुपमा देखिनु

-यदि चिन सकारले यो माहामारीलाई रोकेकै हो भने त्यो कसरी सम्भव भयो कुन उपायले गर्न सकियो ति सारा कुराहरुको जानकारी विश्वलाई गराई सहयोग गर्नु पर्नेमा वास्तविकता अजैसम्म लुकाई राख्नुको कारण

-COVID-19 को E P center मानेको वुयान प्रान्त बाट ८०० र १००० कि.मी टाठा रहेको संघाई र बेजिङग्मा त्यति प्रभाव नपार्ने तर १० हजार कि.मी टाढा भएका देशहरुमा उक्त देशको हरेक झेत्रमा फैलिनु र उक्त वुयान प्रान्त नजिक रहेका देशहरु उत्तर कोरिया मलिश्या सिङ्गापुर हंङकङ थाइल्याण्ड धेरै ज्यदा प्राभाव नदेखिनु

-COVID-19 को माहामारी विश्वमा आर्थिक रुपले सम्पन्न देशहरुको पनि आर्थिक शहरहरु जस्तै अमेरिकाको न्युयोर्क, इटालिको मिलान ,फ्रान्सको पेरिस स्पेनको म्याडरिड ,दुबेई , कतारको दोहा ,सउदी अरबको रियाद, इरानको तहरान यु.के को लण्डन आदी यी यस्ता देशहरु ठाऊहरु हुन जसले विश्वको अर्थतन्त्र चलाउ छ ।

-COVID-19 को माहामारीले विश्व शक्त्तिराष्ट्रियहरुका यि शक्त्तिशालि व्याक्त्तिहरुमा पनि यो भाईरसको संक्रमित भएको पाइयो जस्ते यु.के को राजकुमार चाल्स ,प्रधानमन्त्री बोरिस जोनसोन क्यानडाका प्रधानमन्त्रीको पत्नि आदी अन्यहरु पनि छ तर चिन सरकारको उच्च ओहदामा रहेका ब्याक्त्तिहरुमा यो भाईरसबाट संक्रमित भएको बिबिरण अझैसम्म पाएको छैनौ । COVID-19 को वास्तविकता भोलिको दिनमा अवश्य नै थाहाहोला । तर आज इटालिले COVID-19 ले पारेको war damage (योध्द अवस्थाको जस्तो क्षेती) को क्षेतीपुर्ती चिनसंग माग गरिरहेको छ त्यस्तै अस्ट्रिलिया सरकारले चिनको wet markets (जंगली जनावरहरुको खरिद बिक्री गर्ने बजार) बन्द गराउने माग UN संग गरिरहेको अवस्था छ ।

चिनले आफुलाई COVID-19 को माहामारीको प्रभावबाट मृक्त भइसकेको र COVID-19 लाई निर्यन्त्रण गरिसकेको घोषणा गर्दै lockdown को अवस्थालाई अन्त गर्दै । सम्पुर्ण बजार अफिस र यातायातहरु सबै सु-चालुरुपले संचालनमा ल्याइ अहिले त COVID-19 को माहामारीबाट पिडित राष्ट्रियहरुलाई औषधी,medical उपकरणहरु र medical goods सप्लाई गरिरहेको छ । सारा विश्व COVID-19 को माहामारीसंग लडिरहेको छ भने चिन आफुलाई एक्लो यस्तो देश साबित गर्न तिर लागिपरेको छ की जसले विश्वलाई यो माहामारीबाट मुक्त गराउन सक्छ । यो माहामारीको अन्त पछी विश्व राजनैतिक र विश्व अर्थतन्त्रमा ठुलु परिवर्तन हुनेवाला छ ।

अब हामी मानवजातिलाई यस माहामारीबाट प्रकृतिले मात्र बचाउन सक्छ न की चिन नकुनै अन्य राष्ट्रियले ।

COVID-19 प्रकृति संग खेलवाड गरेको परिणाम हो । यो खेलवाड मनसाय युक्तले गरेको हो वा दुर्भाग्यपुर्ण खेलिएको होस वा हेलचक्राईपुर्ण खेलिएको होस । भोलिको दिन थाहा हुने छ।

आज देखी प्रकृतिलाई आदर सम्मान गरौ प्रकृतिसंग खेलवाड नगरौ नत्र भने यो संसारमा मानव जाति जस्तो मुर्ख प्राणी अरु कोही हुदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!