मंगलबार, चैत्र २५, २०७६ || 661  पटक पढिएको

अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । “लकडाउनका कारण समस्यामा परेका वृद्धवृद्धाका लागि आवश्यक औषधिलगायतका प्रबन्ध मिलाउन सचिवालयले सहजीकरण गरिरहेको छ”, उहाँले भन्नुभयो । लकडाउन अवधिभरका लागि जोहो गरिएको अक्सिजन सिलिण्डर रित्तो हुँदै गएपछि कपन, गार्मेन्ट चोककी भण्डारीको छटपटी निकै बढेको थियो । एक सिलिन्डर मेडिकल अक्सिजनको प्रबन्धका लागि उनका आफन्तले विभिन्न प्रयास गरे पनि सिलिन्डर उपलब्ध नहुँदा बिरामीसहित उनको परिवारलाई चिन्ता बढेको थियो । भण्डारी परिवारका एक आफन्तले राज्यमन्त्री मानन्धरलाई समस्या सुनाउन सुझाए । सुझावअनुसार नै भण्डारी परिवारले आफूहरुको समस्या राज्यमन्त्रीलाई सुनायो । उनीहरुले राज्यमन्त्रीलाई टेलिफोनमार्फत निमोनिया र दमको बिरामी आमाका लागि राखिएको अक्सिजन सिलिण्डर सकिएको तर नयाँ पाउन नसकिएको जानकारी गराएलगत्तै राज्यमन्त्री मानन्धरले आफ्नो सचिवालयमार्फत बिरामीको घरसम्म अक्सिजन सिलिण्डर पु¥याइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!