मंगलबार, चैत्र २५, २०७६ || 1462  पटक पढिएको

पानी विना मानिषको जिन्दगानी कल्पना गर्न सम्म गर्न सकिन्न । मानिस पानी नभए बाच्नै सक्दैन । किनकी ७० प्रतिशत मानव शरीरमा पानी हुन्छ । पानी विना मानीस बन्न सक्दैन । तर मानिसले पिउने पानी दु्रगन्धित भए के होला ? मानिसको जिवन स्वच्छ रहन सक्दैन । पानी उत्पादन गर्ने उद्योगहरुले मानिसको संवेदनशिलतासंग खेलवाड गरिरहेको खुलेको छ ।विराटनगर महानगरका उप–प्रमुख ईन्दिरा कार्कीको नेतृत्वको टोलीले अनुगमन गरेपछी पानी उद्योगले मानिसको जिवनमा खेलवाड गरेको भेटेको हो ।
विराटनगर ६ मा अवस्थित जोनसन जल उद्योगले उत्पादन गर्ने धवन्तरी पानीमा मरेको मच्छर भेटिएपछी पानी उद्योगहरुले पानी उत्पादनमा लापरर्वाही गरेको देखिएको हो ।

महानगरको खाद्य अनुसन्धान शाखाका कर्मचारी धिरज राई सहभागि टोलिमा सो कम्पनीले उत्पादन गर्ने पनीको गुणस्तर , पानी प्रशोधित प्रक्रीया, वितरण प्रणाली , थोत्रा जारको प्रयोगको विषयमा प्रश्न उठेका थिए । कम्पनीले चर्पी छेउमा पिल्टर ट¥याङकी राखेको , थोत्रा जारमा पानी ग्राहाकलाई पु¥याउने गरेको , पानीको प्रशोधीत प्रक्रिया शंकास्पद भएको पाईएको थियो । साथै कम्पनीको दार्ता नविबरण नगरेको भेटिएको छ । महानगरपालिकाले दार्ता नविकरण चाडै गर्न निर्देशन दिएको छ । चर्पी छेउको फिल्टर हटाउन आग्रह गरेको छ । त्यस्तै पनी वीतरण गर्दा नयाँ जारको प्रयोग गर्न निर्देशन दिएको उप–प्रमुख कार्कीले जानकारी दिईन । उनलेभनीनन,‘ हामीले पानीको गुणस्तर सुधार गर्न लगाएका छौ , यदी १५ दिन भित्र गुणस्तर नसुधारे कारवाही गछौ,।कोरोनाको संक्रमण बढिरहेको बेला कलोबजारी हुने चिन्ताले महानगरको टोलीले बजार अनुगमनलाई निरन्तरता दिईरहेको छ ।


आवश्यक भन्दा बढी मुल्यलिएर उपभोक्तलाई खाद्य सामाग्रीहरु बेच्ने गरेको गुनासो आईरहेकोबेला अनुगमनले गती लिएको हो । बजार अनुगमनलाई अझै प्रभावकारी बनाउदै लैजाने उप–प्रमुख कार्कीले बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!