शुक्रबार, मंसिर २७, २०७६ || 919  पटक पढिएको

धुलो उडाएको भन्दै  टिपर तोडफोड

वीरगञ्ज । राष्ट्रिय गौरवको आयोजनामा हुलाकी राजगमार्गअन्तर्गत वीरगञ्ज–ठोरीखण्डमा निर्माण सामग्री ओसार्ने टिपर तोडफोड गर्नेलाई कारवाही गर्नमा प्रहरी उदासीन देखिएको छ । स्थानीय राजनीतिक दबाबमा प्रहरीले तोडफोडमा संलग्लाई उन्मुक्ति दिने प्रपञ्च मिलाएर विकास विरोधी काम गरिरहेको आरोप हुलाकी मार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीले लगाएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

निर्माण सामग्री ओसार्दा धुलो उडेको भन्दै स्थानीय केही व्यक्तिले सोमबार राती महुवन बजार नजिकै गुलवरियामा दुई ओटा टिपर तोडफोड गरी चालकलाई समेत कुटपिट गरेका हुन् । ना ७ ख ८७१६ र ८७१८ नम्बरको टिपरमा ढुंगा प्रहार गरी तोडफोड भएको हो । तोडफोडको क्रममा टिपरको सीसा फुटेको प्रहरीले बताएको छ ।

संलग्नलाई पक्राउ गरी कारवाही र सुरक्षाको माग गर्दै निर्माण व्यवसायीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिइएको छ । सखुवाप्रसौनी–२ का मुन्ना माझी र सहदेव साहले टिपर तोडफोड गरेको किटानी जाहेरी परे पनि स्थानीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन । उल्टै उनीहरूले टिपर तोडफोड हुनबाट बचाउने प्रयास गरेको दाबी स्थानीय प्रहरीले गर्दै आएको छ ।

प्रहरी घटनास्थलमा पुगे पनि कसैलाई नियन्त्रणमा लिएको छैन । पर्साको पटेरवा सुगौली र सखुवा प्रसौनीमा पर्ने जमुनिया र गादी खोलाबाट संकलन गरी भण्डार गरिएको ग्राभेल ओसार्ने कार्यमा स्थानीयले अवरोध गर्दै आएका छन् । दिउँसो ओसार्दा धुलो उडेको भन्दै अवरोध भएपछि रातिको समयमा ओसार्ने सहमतिअनुसार निर्माण व्यवसायीले काम गरिरहेकोमा राति १० बजेको समयमा टिपर तोडफोड गरिएको हो ।

प्रहरीले सार्वजनिक सरोकारको राजमार्ग निर्माणमा अवरोध पु¥याउनेलाई पक्राउ गरी कारवाही गर्नुको साटो मिलापत्र गराउने प्रयास गरिरहेको बुझिएको छ । स्रोतका अनुसार सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालको दबाबमा प्रहरीले संलग्नलाई जोगाएर विकास निर्माणलाई अवरोध पु¥याउने भूमिका खेलेको हो ।

ढुंगाबाुलवाको ठेकेदारसँग अध्यक्ष जयसवालको स्वार्थको टकरावका कारण हुलाकी सडक निर्माणमा अवरोध भइरहेको विश्वस्त स्रोतको दाबी छ । उनले स्थानीयलाई उचालेर अवरोध पु¥याइरहेका छन् । तोडफोडको घटनापछि निर्माण व्यवसायी सुरुमै महुवन चौकीमा सुरक्षा माग गर्न जाँदा प्रहरीले अध्यक्ष जयसवालसँग ‘कुरा मिलाउन जानू’ भन्दै उजुरी लिन नमानेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!