मंगलबार, चैत्र २५, २०७६ || 631  पटक पढिएको

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । “निर्माण व्यवसायीले पुल निर्माणका लागि अर्बौ रकम लगानी गरी निर्माण सामग्री सम्बन्धित स्थानमा ल्याइसकेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ । परियोजना निर्माण क्षेत्रमा सीमित श्रमिक हुने र सामाजिक दूरी कायम गर्न सकिने हुँदा कोरोना भाइरसको खतरा कम हुने महासङ्घको ठहर छ । यस्तै, महासङ्घले पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी गर्न र पुलको इन्जिनीयर तथा मजदूरलाई अनुमति पासको व्यवस्था मिलाउन सरकासँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणको रोकथामका लागि सरकारले यही चैत ११ देखि वैशाख ३ गतेसम्म लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!