मंगलबार, चैत्र २५, २०७६ || 932  पटक पढिएको
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले सिङ्गो विश्वको मानव जगत्मा ७४ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकामा निधन भएका सबै नेपाली र विश्वका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उपचारतहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले नेपालमा साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जना मात्र भए पनि जोखिम कायमै रहेको उल्लेख गर्दै लकडाउनका कारण प्रभावित मजदुर, विद्यार्थी र व्यावसायीलाई सहानुभूति व्यक्त गर्नुभएको छ । उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिएको छ । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!