चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोनाभाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ । नगर सरकारका अनुसार प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा ५० हजार थान डिस्पोजेबल मास्क, ५ हजार थान ग्लोब र ५ हजार थान सुरक्षा पोशाक रहेका छन् । शाङ्घाईस्थित अग्रणी स्पेनी व्यावसायिक समूह मोन्द्रागोन कर्पोरेशनलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ । मोन्द्रागोन कर्पोरेशनको ओर्कील इलेक्ट्रोनिक्स (कुन्शान) कम्पनीले दुवै देशबीचको प्रगाढ सम्बन्धलाई विचार गरी यी सामग्रीको अभाव रहे पनि स्पेनलाई प्रदान गरिएको जनाएको छ । गत जनवरीमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुन्शान मोन्द्रागोन औद्योगिक पार्कका धेरै स्पेनिस कम्पनीहरुले स्थानीय सरकारलाई अत्यावश्यकीय चिकित्सा सामग्री प्रदान गरेका थिए । गत महिना, मोन्द्रागोन कर्पोरेशनका साथै शाङ्घाई कार्यालयले २ हजार ९६० थान एन९५ मास्क, १०० थान सुरक्षात्मक पोशाक समेतका सामान क्विएनडेङ नगरलाई हस्तान्तरण गरेका थिए । सन् २०१० मा कुन्शान मोन्द्रागोन औद्योगिक पार्क कुन्शान सरकार र मोन्द्रागोनद्वारा संयुक्त रुपमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!