सोमबार, चैत्र २४, २०७६ || 689  पटक पढिएको

पाल्पाको रामपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापनका लागि स्थापना गरेको विपद् प्रकोप व्यवस्थापन कोषमा रकम सङ्कलन शुरु भएको छ । कोषमा स्थानीय अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाले रु एक लाख सहयोग गरेको छ । सो कोषमा अहिलेसम्म रु. १ लाख ८२ हजार ३ सय ९० रकम सङ्कलन भएको छ । दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि नगरपालिकाले राहत कोष स्थापना गरेको हो । सो सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले आफूहरुले रामपुर नगरपालिकालाई रु १ लाख, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई रु ५०÷५० हजार रकम राहतस्वरुप सहयोग गरेको बताउनुभयो । यस्तै एकीकृत मगर उत्थान समाज रामपुरले राहत स्वरुप रु ८२ हजार ३ सय ९० रकम सहयोग गरेको समाजका अध्यक्ष रामबहादुर हिस्की मगर बताउनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!