लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टि्फिकेट अफ ओरिजन) विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो । तर, लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर भारतलाई बुझाउनुपर्ने छ ।

भारतमा उत्पादित हुने वस्तु आयात गर्दा पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य नगरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । भन्सार तिरेर निर्यात हुने सामानमा भने यसले कुनै असर नगर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा उत्पादित वस्तु भारतमा निर्यात गर्दा सम्बद्ध वस्तु नेपालमा नै बनेको भनेर प्रमाणित गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको छ । तेस्रो मुलुकमा निर्यात गरिने वस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्रमाणीकरण गर्दै आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!