बिहिबार, मंसिर २६, २०७६ || 1430  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,मंसिर २६ गते ।

पत्रकारितासँगै साहित्यमा सक्रिय विराटनगरका कवि मीनकुमार नवोदित काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रस्तुत हुने भएका छन् ।
काठमाडौंको प्रतिष्ठित संस्था सर्वनाम थिएटर र श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले हरेक महिनाको १ गते दुईजना कविलाई उभ्याउने गरेको छ । विगत लामो समयदेखि यो शृंखला जारी छ । जहाँ नेपालसँगै प्रवासी चर्चित कविहरू प्रस्तुत भइसकेका छन् । सर्वनामले पुसको शृंखलामा नवोदितलाई प्रस्तुत गर्न लागेको हो । सर्वनाम थिएटर र श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले संयुक्त सूचना जारी गरेर नवोदितसहित दार्जेलिङका कवि नुहाङ्ग राईलाई प्रस्तुत गर्न लागेको जनाएको छ ।
नवोदित विगत दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । कविता, गीत, गजल, समीक्षालगायतमा कलम चलाउँदै आएका नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ (२०५७) ‘झरीले रुझेको गाउँ’ (२०७०) दुईवटा कवितासंग्रह प्रकाशित छन् । उनले सम्पादन गरेका विभिन्न पुस्तक पनि प्रकाशित भएका छन् । “काठमाडौंभन्दा बाहिर बसेर साहित्य सिर्जनामा सक्रिय हामीजस्ता युवाका लागि यो ठूलो अवसर हो,” नवोदितले भने, “थप सिर्जनामा लाग्न हौसला मिलेको छ ।” सर्वनाममा प्रस्तुत हुनुलाई स्रष्टाहरुले गौरवसँगै ठूलो अवसरका रुपमा लिने गर्दछन् । पुस १ गते मंगलबार हुने कार्यक्रममा नवोदितले एक दर्जन आफ्ना चर्चित कविता प्रस्तुत गर्नेछन् । यसअघि नवोदित काठमाडौंकै राष्ट्रिय नाचघर (सांस्कृतिक संस्था), पोखराको गन्धर्व थिएटर, विराटनगरको देवकोटा पुस्तकालयलगायतमा प्रस्तुत भइसकेका छन् । उनी धरानस्थित विमल पुस्तालयले आयोजना गर्ने राष्ट्रिय युवाकविता महोत्सव २०६० का विजेतासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!