अमेरिकामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहँदा अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । यसबीच, आइतवार अमेरिकाले नेपालमा रहेका ३ सयभन्दा बढी आफ्ना नागरिकलाई स्वदेश फर्काउने क्रममा अभिनेता सरोज खनाल पनि अमेरिका उडेका छन् । करीब एक दशक अमेरिका बसेर नेपाल फर्किएका उनले अझैसम्म पनि ग्रिनकार्ड त्यागेका छैनन् ।अमेरिकाको सुःख सुविधा छाडेर उनी श्रीमतीसहित करीब ५ वर्ष अगाडि नेपाल फर्किएका थिए । तर, उनका छोराहरु भने अमेरिकामा नै बस्ने गर्दछन् । गएको असारमा उनी हजरबुबा बनेका थिए । छोराको सन्तान भएपछि खनालकी श्रीमती सूर्यमाला अमेरिका गएकी थिइन् । अभिनेता खनाल भने नातिनीको पास्नीमा जाने तयारीमा थिए । तर, त्यही समयमा लकडाउन भयो ।सरोज खनाल परिवारसँग भेट गर्नका लागि कतार एयरवेजको चार्टर्ड विमानमार्फत् आइतवार अमेरिका प्रस्थान गरेका हुन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । नेपाल फर्किएपछि चलचित्र अभिनय र व्यवसायमा उनी व्यस्त थिए । बुझिएअनुसार, उनी स्थिति सामान्य भएपछि नेपाल फर्किनेछन् । लकडाउनपछि उनी घरको चारकुनामा सीमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!