युवा समाजसेवी कृष्ण कार्किको आर्थिक सहयोग स्वएच्छिक सामाजिक कार्यकर्ता देबकिशन मुन्दडामार्फत देबेनारा परिवार बिराटनगर हिपमत मिडिया हाउस बिराटनगरको आयोजनामा सुनबर्शी नगरपालिकाको वडा न -२,३,८,९ पथरीशनिचरे नगरपालिका वडा न ५ र ६ का गरिब एकल महिला बृद्धअबश्थाका आमाबुवाहरु लगायत दलित परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ। एक परिवार बराबर ५ केजि चामल,आधा केजि दाल,एक केजि नुन एउटा लाईफब्वाई साबुन बितरण गरिएको छ।
बिदेशमा बसेर पनि सधै नेपाल र नेपालिको बारेमा सोच्ने युवा समाजसेबि कृष्ण कार्किले देशमा कोरोनाको कहरलाई मध्यनजर गर्दै जनवन गरेर खाने परिवार भोकै होलान यस्तो अवस्थामा कुनै परिब परिवार भोक भोकै मर्नु हुदैन भन्दै हिपमत मिडिया हाउसको सहकार्यमा यो राहत सामाग्री प्रदान गरेका हुन। यो अभियानलाई हिपमत मिडिया हाउसका प्रेरक स्वएच्छिक सामाजिक कार्यकर्ता देबकिशन मुन्दडाको पनि साथ र सहयोग रहेको छ।