आइतबार, चैत्र २३, २०७६ || 3222  पटक पढिएको

विराटनगर महानगरका प्रमुख भिम पराजुली धेरै कम सुत्ने मानिस मध्येका एक मा पर्छन । विद्यार्थी राजनीति गर्दा २०६० साल तिर महेन्द्र मोरङ क्याम्पसमा दिनभरी राजनीति गर्थे र राती ८ बजे देखि १२ बजे सम्म पढ्थे त्यसपछी सुत्थे । त्यसपछी बाघी उमेदवारी दिएर महेन्द्र मोरङ क्याम्पसको स्ववीयु सभापती भएपछी त झन कम सुत्न थाले । उनि रातको १२ , १ बजे पछी मात्रै सुत्थे । त्यो बेला विद्यार्थीको समस्या समाधान र भालोकोलागी समय दिन्थे । पार्टीको राजनीतिमा विराटनगर काग्रेसको सभापती भएपछी पनि जनताको कामले गर्दा राती १ बजे खाना खाने र त्यसपछी सुत्ने गर्थे । नेपाली कांग्रेस उदयपुर क्षेत्र न. २ का सभापती तथा पराजुलीका मित्र रामकुमार खत्री भन्छन,‘उनि आफ्नो निद्रा भन्दा जनताको समस्या प्यारो ठान्छन त्यसैले जनताको हितका कामहरु गर्दा गर्दै समय वितेको पत्तै हुदैन, । खत्री तत्कालीन सभापती पराजुलीका सचिव हुन । कोरोनाले विश्वका महाशक्ती राष्ट्रहरुले घुडा टेकेको बेला महानगर प्रमुख घुडा धसेर महानगरबासीलाई कसरी कोरोना संक्रमणबाट बचाउन सकिन्छ भन्ने उदेश्यले विभिन्न कोणबाट काम गरिरहेका छन । उनले विराटनगरका विभिन्न स्थानमा क्वरेनटाईन निर्माण गरेर संकास्पदहरुको नामुना संकलन गरेर ल्याव सम्म पठाउने वयवस्था मिलाएका छन । उनले महानगर बासीहरुलाई भोकै रहन नदिन राहातको व्यवस्थापनमा लागी परेका छन । स्थानीय विरेन्द्र सभागृहमा राहात संकलन गरेर प्याकीङगर्ने काम गरिरहका छन । राहात प्याकीङगर्दा गर्दै रातको २ बजेज्ने गरेको उनका स्वकिय सचिव त्रिभुषण गिरीले बताए ।

                              २५ हजार ५सय घर परिवारलाई राहात वितरणको तयारी
स्थानीय सन्तोस महत(सेन्ट्रो) भन्छन,‘ महानगर बासीकालागी धेरै चिन्तीत हुनुहुन्छ राती २,३ बजे सम्म काम गर्नु हुन्छ । महानगरबासीलाई कोरोना संक्रमण हुन नदिन उहाँले निक्कै चलाखी पुर्णतरीकाले काम गरिरहेका छन । संघीय र प्रदेश सरकारले लक डाउन गर्नुभन्दा अगावै विराटनगर बजार लक डाउन गरे । विराटनगर विमान स्थलमा हेल्थ डेक्स राखेर यात्रुहरुको स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था मिलाए । विराटनगरको रानी –बोडरमा हेल्थ डेक्स राखेर भारतबाट नेपाल पस्ने नेपालीको स्वास्थ्य चेक जाँच गराए । बोडर शिल गर्न संघिय र प्रदेश सरकारसंग सबै भन्दा पहिला अनुमती मागेका थिए । उनको सिको गरेर संघ र प्रदेश सरकारले देशैभर लक डाउन गर¥यो । नाका शिल गर¥यो । महानगरका विपन्न २५ हजार ५सय घर परिवारलाई राहात वितरणको तयारी गरेको छ । त्यो राहात सामाग्री पराजुलीकै पहलमा विभिन्न संघ संस्थाहरुले महानगरलाई प्रदान गरेको हो । महानगरका १९ वटै वडाका विपन्न परिवारलाई राहात प्रदान गरिने छ । वडा कार्यलयको लगत संघलनका आधारमा महानगरले घर–घरमै राहात पुर¥याउने तयारी भईरहेको प्रमुख पराजुलीले बताए । राहातमा १२ किलो चामल, डेढ किलो दाल,२ किलो आलु, १ पोका नुन, आधालिटर (खाने) तोरीको तेल प्रदान गरिने छ । प्रमुख पराजुली भन्छन‘, म कोहि पनि महानगरबासी लाई भोकै मर्न दिन्न खान नपाए मलाई सम्पर्क गर्नु ।

 

                                                           पराजुली ३ घण्टा मात्रै सुत्छन
महानगरको प्रमुखभएको दिन देखिको तलव भत्ता समेत जनताका लागी समपर्ण गर्दै आएका पराजुली अहिले राती ३ घण्टा मात्रै सुत्छन । उनलाई कोहि नगरबासीलाई केहि अप्ठारो भईहाल्छकी , अप्ठारोमा परेका नगरबासीलाई केके सहयोग गर्नु पर्ने हो भन्ने चिन्तन गरिरहन्छन । उनिभन्छन,‘ साथी भाईहरुको दाबाबले गर्दा हो नत्र मलाई यो कोरोना नेपाल भित्रिएकै दिन देखि निद्रा लाग्न छोडेको छ, म सुतेपनी मलाई चैन छैन,। अहिले सम्म १२,१,४,१०,३ लाई राहात सामाग्री पठाई सकिएको छ । अब बाँकी वडाहरुलाई पठाउने तयारी भईरहेको छ । उनका अनुसार महानगरका संघ संस्था र युवाहरुको सक्रियतामा दैनिक एक हजार जना विपन्नलाई निशुल्क भोजनको समेत व्यवस्था मिलाएको बताए

     प्रदेशमा कोरोना आईसोलेशनको जरुरी
विराटनगरका प्रमुख भिम पराजुलीले प्रदेश न. १ मा आईसोलेशन सहितको कम्तीमा २ सय वेडको अस्पताल आवश्यक रहेको बताए । महानगरका स्वास्थ्य क्षेत्रका कर्मचारीको विमा गरेका जनाएका उनले प्रदेश न. १ राजधानी भएकाले कोरोना अस्पताल अवाश्यक परेको बताए । उनलेभने,‘ हामीले के के गर्न सक्छौ गरौ हाम्रो प्रदेशका जनता जोगाउने होभने विराटनगरमा कम्तीमा २ सय शैयाको आईसोलेशन वाड सहितको कोरोना अस्पताल अवाश्यक छ, । महानगरबासीलाई सुरक्षीत राख्न महानगरका औषधि छर्कन सुरुगरेका प्रमुख पराजुलीले लक डाउनको पुर्ण पालना गर्दै उच्च सतर्क रहन माहानगरबासीलाई आग्रह गरे । स्थानीय अतिथी सदनलाई क्वरेनटाईन बनाउन मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेनालाई जिम्मा दिएको बताए ।

 

 घण्टी बजाउदै कोरोना भगाउदै
हिन्दु धर्म र भगवान बिस्वास गर्ने प्रमुख पराजुली प्रत्येक दिन विहान भागवानको पुजा अर्चाना गर्छन । हिजो आज उनले नगरबासीलाई कोरोना नलागोस भनेर पुजा गर्दै घण्टी बजाउने गर्छन । उनिभन्छन,‘ मैले महानगरलाई जोगाईदेउ भनेर भगवान संग मागेको छु,। उनले विहान गर्ने एक घण्टाको पुजामा विराटनगर बासीको सुस्वास्थ्य दिघायुको कामना गर्नेगरका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!