नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ  । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको  ”ए कान्छा ”   गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ  । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन  । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ  । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ  ।बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन  । उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन  ।  प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ  । ”ए कान्छा ”  गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ  ।”ए कान्छा ”  गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!