यतिबेला कोरोना भाईरसका कारण सबै नेपालका सबै क्षेत्रहरु मौन रहेका छन् । लकडाउनले सम्पूर्ण कामकाजहरु ठप्प भएपछी सबैजना कोरोना संक्रमणबाट जोगिनका लागि घर भित्रै बसिरहेका छन् । तर समाजसेवामा लामो समयदेखि खट्दै आएकाहरु भने यतिबेला जोखिमको घडिमा पनि चुप बस्न सकिरहेका छैनन् । रोजीरोटी रोकिएपछि कतिपय मजदुरको छाकटार्न धौ धौ परेको अवस्थामा ति समाजसेवीहरु वरदान भएका छन् । यस्तै समाजसेवी भित्र पर्छन धरानका निश्चल पालिखे । लामो समय होटल व्यवसायी भएसंगै उनले समाजसेवामा पनि अग्रसरता देखाईरहेका छन् ।यति मात्र हैन उनि ईभेण्ट को-अर्डिनेटर समेत हुन् । पछिल्लो समय उनले को-अर्डिनेट गर्ने सबै कार्यक्रमहरुमा समाजसेवा जोडिने गरेको देख्न सकिन्छ । धरान स्थायी घर भएका उनि पुर्वाञ्चलको प्राय: कार्यक्रमहरुमा सहभागी हुने गर्छन । कोरोनाका कारण यो विषम परिस्थितिमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न सहयोग जुटाएर उनले सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।बिशेषगरि विपन्न वर्गका मानिसहरुमा आईपरेको यो कठिन परिस्थितिमा निस्चलको सक्रियतामा धरानका विभिन्न ठाउमा खाद्यान्न वितरण गरिएको हो । त्यस्तै होप धरानका अध्यक्ष समेत रहेका पलिखेले धरान स्थित बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रांगण भित्र खटिएका ८ जना प्रहरीलाई ८ थान पीपीई अन्तर्गत ज्याकेट प्रदान गरेका छन भने २० परिवारलाइ राहत वितरण गरेका छन । देश तथा बिदेशबाट संकलन भएको आर्थिक रकमबाट उनले बिपन्न वर्गलाई सहयोग गरिरहेका छन् भने व्यक्तिगत तर्फबाट पनि उनले २६ बिपन्न परिवारलाइ राहत वितरण गरेका छन ।दैनिक सामाजिक सेवामा खटिरहेका उनले धरानमा रहेका सडक बालबालिकाका लागि पनि राहत वितरण गरेका छन । यता इटहरीमा रहेको माया घर नेपालमा समेत खाद्यान्न वितरण सम्पन्न गरिसकेका छन् । अरुको पिडामा मलम लगाउन लागि परेका उनले आफुलाई अझै सहयोगी दाताको आवस्यक परेको उनि बताउछन । जसको सहयोगका कारण कोरोनाले संकटमा परेकाको लागि राहत मिल्नेमा आफु बिस्वस्त रहेको सुनाए ।हालसम्म देश बिदेशका विभिन्न दाताहरूबाट संकलित ३४ हजार ५ सय रूपैयाबाट ६९ परीवारलाई राहत वितरण गरेको निश्चल पलिखेले बताएका छन । उनका अनुसार खाधन्नका लागी भनेर युके निवासी सोबिन सुब्बाबाट १५ हजार, युके निवासी नै उमेश राई मोक्तानबाट १० हजार, सरीता शाही र रञ्जना झाबाट २-२ हजार, लक्ष्मी गाैतम बराल र परिवर्तनको आशा नेपालबाट १५-१५ सय र कला र सृजना केसीबाट १-१ हजार नगद संकलन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!