शनिबार, चैत्र २२, २०७६ || 1093  पटक पढिएको

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरीका दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतार द्धारा आर्थीक सहयोग गरिएका छन् ।
“सेवा नै धर्म हो ” नाराको साथ सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा अति विपन्न ५ जना घर परिवारलाई प्रति परिवार सात हजार एक रूपैयाँ गरि जम्मा रू ३५ हजार ५ रूपैयाँ आर्थीक सहयोग गरिएको सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ कोषाध्यक्ष पाण्डप ठाकुरले बताए ।
सिरहा मल्हनियाँ पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ कोषाध्यक्ष ठाकुरले भने मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए । “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्दै आएको हो ।
अहिले संसार भर फैलियको नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएकोे कारणले लगातार लकडाउनले कामहरु बन्द भएको छ । देशमा लकडाउन भएको कारण जिवण काटन गारो भएको पीडित रामनारायण कापरले बताए ।
त्यसै गरि सरहा मल्हनियाँ पिराडी सेवा समाज दोहा कतारले सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मा बस्दै आएका रामनारायण कापर(मुन्डा),बिनोद महरा,पवित्री देवी कापर,देबेन्द्र कापरी,हरिद्याल सदालाई आर्थिक सहयोग गरेका छन ।
उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रममा सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय सदस्य प्रदिप कुमार महतो,पुर्व कोषाअध्यक्ष जोगिन्द्र साह र पुर्व अध्यक्ष शिव कापरीले पिडितको घरमै गएर पत्रकार, स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितहरुलाई रकम हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!