व्यापार गर्नेहरुको उदेश्य के होला ? तपाँईलाई कसैले प्रश्न गरे । सहजै जवाफ दिनुहुन्छ नाफा कमाउने । नाफा कमाउदा देशको कानुन नियाम भित्र रहेर नाफा कमाउने हो । तर विराटनगरका व्यपारी हरुले म्याद गुज्रेका खाद्य सामाग्री उपभोक्तालाई बेच्नेर नाफा कमाउने गरेको रहस्य खुलेको छ। विराटनगर महानगरका उप–प्रमुख ईन्दिरा कार्कीको अगुवाईमा शनिबार विराटनगरको खाद्यन्न विक्री गर्ने पशलहरुको अनुगमनका क्रममा त्यस्तो रहस्य खुलेको हो ।

कारोनाको त्रास बढे संगै व्यपारीहरुले कलोबजारी गरेको गुनासो आईरहेको बेला विराटनगरका व्यपारीहरुले म्याद गुज्रेका सामाग्री उपभोक्तालाई खुवाई रहेका हुन । तर अनुगमन टोलीले विराटनगर १ का विद्यानन्द चौधरी , उद्दब पोखरेल , देवेन्द्र कट्वाल, उमेश सेडाई,राजकुमार खड्काले संञ्चालन गरेका पशलमा म्याद गुज्रेका पेय पदार्थ भेटीएको थियो । नगरपालिकाका कर्मचारी धिरज राईको साथमा अनुगमनमा त्याँहा पुगेको टोलीले कोकोला, स्प्रईट, डुय लगायतका उपभोगय सामाग्री नस्ट गरेको थियो ।

उप–प्रमुख कार्की आफैले नस्ट गरेकि थिईन । उक्त पशलबाट करिब सय लिटर पेय पदार्थ नस्ट गरिएको अनुमान गरिएको छ ।त्यस्ता व्यवसायीलाई त्यस्तो नगर्न चेतावनी दिईएको छ । अर्काे पटक त्यस्तो गरेको पाईए कडा कारवाही गर्ने उप–प्रमुख कार्कीले बताईन ।उनले भनीन,‘ उपभोक्ता महगो मारमा नपरुन र सडेगलेको बस्तु खानु नपरोस भनेर तीब्र रुपमा अनुगमन गरिरहेका छौ ,। उप–प्रमुख कार्कीले उपभोक्तको हितकालागी अनुगमन गरेको बताईन । अनुगमनमा आधा दर्जन संञ्चार कर्मीको सहभागि थिए । म्याद गुज्रेका व्यपारीहरु द्वरा गल्ती नदोहोर¥याउने प्रतीवद्धता जनाएका थिए । व्यपारी उद्दब पोखरेलले भने,‘ मलाई केहि थाहा भएन अब यस्तो गल्ती दोहोरीदैन,।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!