शनिबार, चैत्र २२, २०७६ || 838  पटक पढिएको

जिल्लाका दुई पालिकाले मिर्गाैलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् । मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन् ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले लकडाउनका कारण बेलाबेलामा डायालोसिस गर्नुपर्ने बिरामीलाई समस्या नहोस् भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको ब्यवस्था गरेको बताउनुभयो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाका दीर्घरोगी एवं नियमित औषधि सेवन गर्नुपर्ने खालका बिरामीका लागि गाउँपालिका आफैँले आषधि वितरण गरेको बताउँदै डाइलासिस गर्नुपर्ने बिरामीका लागि पनि विशेष सवारी साधनको व्यवस्था गरी अस्पताल लाने ल्याउने गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!