शनिबार, चैत्र २२, २०७६ || 684  पटक पढिएको

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रमुख जिसीले सङ्कटका बेलामा प्याब्सन कास्कीले गरेको सहयोग सराहनीय भएको बताउनुभयो । जिसीले आ–आफ्नै ढङ्गले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणालीमार्फत राहत वितरणको योजना बनाएको बताउनुभयो । कोषमा शुक्रबारसम्ममा रु १४ लाख २७ हजार ७६६ सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमणलाई फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा अतिविपन्न र जोखिममा परेका परिवारलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो । विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न महानगरपालिकाले सबैमा आह्वानसमेत गरेको छ । राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकमा कोषको नाममा रहेको खाता नं ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ । सनराइज बैंकद्वारा ५० थान पिपीइ हस्तान्तरण विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंक लिमिटेड प्रादेशिक कार्यालयले ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरेको छ । सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंकबाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच÷पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताउनुभयो । उहाँले अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दा कोरोनाविरुद्ध लड्न सकिने बताउनुभयो । उहाँले सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्तिको व्यवस्थापन गरी सुरक्षित भरपर्दो र विश्वसनीय प्रबन्ध मिलाएको समेत जानकारी दिनुभयो । यो महामारीबाट आफ्नो सुरक्षाका साथसाथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न समेत मुख्यमन्त्री गुरुङले सबैलाई आग्रह गर्नुभयो । बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालले यो समयमा स्वास्थ्यकर्मीका लागि पिपीइको सबैभन्दा ठूलो आवश्यकता रहेकाले दुई हप्तासम्म पिपीइको खोजी गरेर सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!