शनिबार, चैत्र २२, २०७६ || 683  पटक पढिएको

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा रु साढे एघार लाख जम्मा भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८११ जम्मा भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । शुक्रबार साँझसम्म रु १० लाख ७६ हजार ८११ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल रु ११ लाख ५० हजार ८११ सङ्कलन भएको नगरप्रमुख खाँणले बताउनुभयो । सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने इच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने व्यवस्था मिलाएको नगरप्रमुख खाँणले बताउनुभयो । नेपाल बैंक लिमिटेड वालिङमा कोषको नाममा रहेको खाता नं ०८३००१०६८३३२६७०००००१ मा इच्छुक सङ्घसंस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन सबैमा नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!