क्वारेन्टाइन शुरु भएको आज हप्ता भन्दा बढी भैसकेको छ । कोरोनाको सन्त्रासले शहर शान्त छ, स्तब्ध छ । सबै जना आ-आफ्नो घरमा होम क्वारेन्टाइनमा बसेका छन । दिनभरी घर बस्दा सबौलाई समय कटाउन गाह्रो भएको छ । समय काटन यो बेला अहिले फेसबुकमा आफ्नो पुरानो फोटो हाल्ने अनि आफ्नो घरमा बनाएको मीठो परिकारको फोटो हाल्ने र टिक टक बनाउने होड नै चलेको छ । अरुलाई घरमा बसेर समय बिताउन गाह्रो भएर फेसबुकमा रमाईलो गर्दै फोटो पोस्ट अनि रमाईलो कमेन्ट गर्दै बसेको बेला एउटा परिवारलाई चाहिँ भ्याइ नभ्याई छ ।त्यो परिवारले  साझ र बिहान ३०० देखि ४०० केजि सम्म चामल, दाल, चाउ चाउ, भुजाको प्याकेट बनाउने र दिनभरी टेम्पोमा बोकेर धरान भरिका सुकुम्बासी वस्तीका मजदुरी गर्ने व्यक्तिको घर घर पुर्याउने गरिरहेका छन् । बिपिन्नमा पनि अति बिपिन्न परिवार जसलाई अहिलेको क्वारेन्टाइनले गर्दा हात मुख जोर्नौ समस्या परेको छ । त्यस्ता व्यक्तिहरुका लागि उदाहरणिय परिवार बनेको छ फिल्म निर्देशक समेत रहेका तथा व्हाईट हाउस होटल म्यानेजमेन्ट कलेज, धरानका सिईओ अरुण प्रधानका परिवार । प्रधानले चैत्र ४ गते देखि आफ्नो होटल म्यानेजमेन्ट कलेजको तर्फबाट निशुल्क मास्क तथा डिटोल  साबुन वितरण कार्यक्रमबाट यो अभियान प्रारम्भ गरेका थिए ।

उनले मास्क खरिद गर्ने पहुँच तथा कोरोना रोग सम्बन्धि जानकार नभएका अति बिपिन्न वर्गमा गएर मास्क तथा डिटोल साबुन वितरण गर्नुको साथै कोरोना रोग सम्बन्धी जनचेतना फैलाउने कार्य पनि गर्दै आएका छन । यहि क्रममा उनले सरस्वती बाल आश्रम, पकलिको बृद्धा आश्रम, पकली तथा ईनरुवाको मुसहर वस्ती, मरिक वस्ती, ॐ शान्ति ईनरुवा, धारानको सरस्वती बाल आश्रम, अरुण टोल, खोरिया वस्ती, पानवारा सुकुम्बासी वस्ती, पत्रकार महासंघ अन्तर्गत धरानका पत्रकारहरु, ईलाका प्रहरी कार्यलय धरान, सशस्त्र प्रहरी धरान, बिपिका सेक्युरिटी गार्डको समूह तथा स्थानीयवासी लगायत दर्जनौ स्थानमा १० औ हजार भन्दा बढिको संख्यामा मास्क वितरण गरि सकेका छन ।अहिले उनी यो लकडाउनको बेला ज्याला मजदुरि गरिखाने परिवारको लागि २ छाक खाद्यान्न समाग्री वितरण अभियान भनेर खोजी खोजी अति बिपिन्न परिवारको घरदैलो गर्दै राहत बाडिरहेका छन । “यस्तो बेला नगरे कहिले गर्ने त ?” उनी भन्छन् “अहिले धेरै संघ संस्थाहरुले विभिन्न स्थानमा यस्तै कार्यक्रम गरेकोमा आफुलाई खुशी लागेको छ ।” उनी थप्छन् “चुनावको बेला नेताहरुले पार्टीको झण्डा, क्याप, भेस्ट, भोज भतेर कार्यक्रममा लाखौ करोडौं खर्च गर्छन, अहिलेको अवस्थामा ती नेताहरुले यसरि नै घरदैलो गर्दै माक्स र खाद्यान्न समाग्री वितरण गरे कति राम्रो हुने थियो उनिहरुलाई आगामी चुनावमा भोटको लागि फेरि त्यति धेरै मेहनत गर्नुपर्दैन थियो ।”

आफ्नो ब्यवसाय संगै फिल्म क्षेत्रमा लामो समय देखि लागेका उनी “निर्देशक समाज”को केन्द्रिय सचिव र चलचित्र कलाकार संघ प्रदेश १ को अध्यक्ष समेत रहेका छन् । उनले अहिले आफ्नो घरमा खाजा बनाएर बिपिकेआईएचएसमा कोरोनाको आसंकामा भर्ना भएर क्वारेन्टाइनमा बसेका र उनिहरुलाई  सुरक्षाका लागि खटेका प्रहरीसहित १५ जनाको लागि दैनिक रुपमा चाउचाउ, अन्डा, फ्रुटी, बिस्कुट सहितको खाजा पनि उपलब्ध गराउदै आएका छन । बिपिले दिनमा दुई पटक मात्रै खाना उपलब्ध गराउने हुदा उनिहरुले दिनभरी भोकै बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै समाजसेवी शिला बज्राचार्यको अनुरोधमा आफ्नो कलेजको तर्फबाट घरमै खाजा बनाई उपलब्ध गराएको उनले बताए ।चामल, दाल, भुजा, चाउचाउ तरकारी उपलब्ध गराउदै आएका उनले अहिले सम्म २००० केजि भन्दा बढी चामल वितरण गरिसकेका छन । अहिले आफुसंग सहकार्य गर्न विभिन्न संघसंस्था र व्यक्तिहरुले दिनदिनै सम्पर्क गरिरहेको अरुण बताउछन् । यस्तै सहकार्य गर्दै हालसम्म धरानभित्र मात्रै उनले गणतन्त्र वस्ती, नया सृजना वस्ती, बरुन टोल, अरुण टोल, लाङघाली टोल, सभागृह टोल, हाम्रो वस्ती, माथिल्लो पानवारा, नगरकोट वस्ती, माथिल्लो देउराली लगायतका धेरै सुकुम्बासी वस्तिहरुमा यो अभियान संचालन गरि सकेका छन । उनले यो अभियानलाई आफुले भ्याए र सकेसम्म निरन्तरता दिने योजना रहेको बताउछन । उनी भन्छन “जहाँ राहत पुग्दैन त्यो स्थानको लागि व्हाईट हाउसको निशुल्क खाद्यान्न वितरण अभियानको साथ हामी तयार छौ ।” धरान भरिका त्यस्तो क्षेत्र भए अति बिपिन्न परिवारको लिस्ट तयार गरेर आफुलाई ९८१५३१५६३८ मा सम्पर्क गरेर जानकारी गराएको खन्डमा आफुले सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!