शुक्रबार, चैत्र २१, २०७६ || 694  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको छ । ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको हो ।जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भयो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली ः ….

१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार

२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १

३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार

४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार

५, रोशन खरेल (प श, ९) १० हजार

६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार

७, मनकामना सहकारी संस्था लि. (प श १) २१ हजार

८, काँशीराज राई ( प श ७, ) १० हजार

९, अनोज घिमिरे ( प श १०, ) १० हजार

१०, हरिराज प्याकुरेल ( प श १) ५ हजार १ सय

११, उत्साही साना किसान सहकारी संस्था (प श)

( कृषि विकास बैंकमार्फत) २५ हजार

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!