संयुक्त राष्ट्रसंघको म्यानमारमा रहेको शाखाले कोविड–१९ विरुद्ध लड्नको लागि म्यानमार सरकारलाई थप सहयोग गर्ने बिहीबार जानकारी दिएको छ । कम्बल, भान्साका समानहरु, लामखुट्टेबाट बचाउने सामाग्री र सरसफाइलगायतका ५ हजार भन्दा बढी सामानहरु याङ्गुनको क्षेत्रीय स्वास्थ्य विभागमा चाँडै पठाइने संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार बताउनु भएको छ । विश्व संगठनले याङ्गुनमा क्वारन्टाइन सुविधालयात खाद्यान्न सहयोग पु¥याउने डुजारिकले थप जानकारी दिनु भएको छ । संयुक्त राष्ट्रसंघले यसअघि म्यानमारको स्वास्थ्य र खेलकुद मन्त्रालयलाई पाँच हजार भन्दा बढी टेस्ट किटहरू पठाउने योजनाको घोषणा गरेको थियो । म्यानमार कोरोना भाइरसको सङक्रमण २० भन्दा बढी व्यक्तिमा देखिएका स्वास्थ्य र खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!