शुक्रबार, चैत्र २१, २०७६ || 726  पटक पढिएको

कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । सिएनएनका अनुसार यात्रा प्रतिबन्धहरु कहिले समाप्त हुन्छ भन्ने बारेमा जापान सरकारले केही बताएको छैन । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गृष्मकालीन ओलम्पिक खेल एक वर्षका लागि स्थगित भएसँगै जापानले यस्तो निर्णय गरेको हो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर नै ओलम्पिक खेल स्थगित गरेको बताइसक्नु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ । जापानमा पनि बुढ्यौली उमेरको जनसंख्या ठूलो रहेको र उनीहरु कोरोना संक्रमणबाट सबैभन्दा बढी खतराको सूचीमा रहेकाले पनि जापानमा विशेष सतर्कता अपनाइएको सरकारको भनाई छ । युरोप र अमेरिकाको तुलनामा जापानमा संक्रमण दर र मृत्यु दर दुबै निकै न्यून देखिएको छ । दक्षिण कोरियामा भने कोरोनाभाइरसको महामारी रोक्न सरकारले विशेष व्यवस्था गरेको छ र कोरोना परीक्षणलाई व्यापक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!