शुक्रबार, चैत्र २१, २०७६ || 655  पटक पढिएको

विश्वभर फैलिएको कोरोना संक्रमणका कारण देश लक डाउनमा रहेका बेला प्यूठानका किसान भने गहुँ बाली भित्र्याउन व्यस्त छन् । सरकारले सुझाएका बच्ने उपाय अवलम्बन गर्दै किसान खेतबारीमा व्यस्त छन् । भीडभाड नगरी पाकेको गहुँ काट्दै गरेको दृष्य प्यूठान उपत्यकामा देख्न सकिन्छ । यस वर्ष हिउँदे वर्षात्का कारण बाली राम्रो भएको किसान बताउँछन् । “सरकारले धेरै मानिस जम्मा नहुने भनेपछि एक्लाएक्लै भएर किसानले गहुँ काट्ने गरेका छन्”, प्यूठान नगरपालिका–४ का रेशम कार्कीले भन्नुभयो, “फाट्टफुट्ट सिँधुरे रोग देखिए पनि यस वर्ष उत्पादन बढ्नेछ ।” पाकिसकेको गहुँ खेतमै झर्ने अवस्था भएपछि किसानहरु गहुँ काट्न निस्केको वडा सदस्यसमेत रहनुभएका कार्कीले बताउनुभयो । जिल्लामा आठ हजार ६५० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिन्छ । गत वर्ष २४ हजार ५४९ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष बढ्ने कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले बताउनुभयो । जिल्लामा भृकुटी, डब्लुके वार्से चार, गौतम, स्वर्गद्वाराीलगायत जातका गहुँ खेतीे गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34