शुक्रबार, चैत्र २१, २०७६ || 617  पटक पढिएको

कोरोना भाइरसबाट बचाउन जनप्रतिनिधिले पाउने सबै सेवासुविधा तथा भत्ताबाट विपत् कोषमा रु १० लाख जम्मा हुने भएको छ । जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले हालसम्म पाउन बाँकी तलव र भत्तासहित गाउँपालिकाका जनप्रतिनिधिले कोषमा सहयोग गरेको जानकारी दिनुभयो । उहाँले सबै करारका कर्मचारीको लागि प्रतिकर्मचारी रु पाँच लाखको जीवन बीमा गर्न गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । सो गाउँपालिका–५ स्यालामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । असाहय, गरिब तथा बेरोजगारलाई खाद्यान्नलगायतका सामग्री वितरण गर्ने उहाँले बताउनुभयो । सातै स्थानीय तहमा बेड दिदै पूर्व सभासद् पूर्वसभासद राजीवविक्रम शाहले जाजरकोट सातै स्थानीय तहका स्वास्थ्य संस्थालाई बेड दिने बताउनुभएको छ । प्रत्येक पालिकामा पाँचका दरले बेड वितरणको तयारी भइरहेको बताउनुभयो । बिरामी सुताउनका लागि आवश्यक पर्ने ३५ बेड वितरण गर्न लागेको उहाँले बताउनुभयो । उक्त सामग्री कुशे गाउँपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी जाजरकोट ल्याउन लागिएको छ । यो भन्दा अगाडि सिन्धुपाल्चोकका ७२ मजदुरलाई उद्धार गरी जाजरकोट र रुकुमपश्चिममा पठाउनुभएका शाहले भक्तपुरका मजदुरलाई खाना उपलब्ध गराउन लागेको जानकारी गराउनुभयो । त्यस्तै प्रदेश अस्पताललाई आधुनिक १५ बेड उपलव्ध गराउन लागेको समेत उहाँको भनाइ छ । जाजरकोटमा झाडापखाला लागेको बेला हेलिकोप्टरबाट औषधि पठाएका शाहले यस पटक थप बेड दिन लाग्नुभएको छ । –––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!