अति जोखिममा रहेर सेवा दिइरहेका उद्योगी, व्यवसायीको मनोबललाई सुरक्षा निकायद्वारा आघात पु¥याउने गतिविधि गर्न नहुनेतर्फ ध्यानाकर्षण गराइएको छ । अत्यावश्यक वस्तु बिक्री वितरण गरिरहेका उद्योगी, व्यवसायीमाथि लौरो प्रहार गरी पक्राउ गर्ने गतिविधिमा वृद्धि भइरहेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको हो । सर्जिकल वस्तु, औषधि, खाद्यान्न, दूध, तरकारी, ग्यास, फलफूल बिक्री वितरण गर्दा सुरक्षा निकायबाट व्यवसायीको जीउ रक्षा नगरी मनोबल कमजोर पार्ने क्रम बढ्दै जानु चिन्ताको विषय भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सङ्घका अध्यक्ष ललितकुमार साह र महासचिव जितेन्दकुमार महासेठद्वारा गराइएको ध्यानाकर्षणमा विगतमा विपद्का बेला प्रशासनद्वारा सङ्घसँग समन्वय गरी समस्या समाधानको प्रयास भएको स्मरण गराइएको छ । लाखौँ मोलको सामान दिनहुँ खराब भइरहेको अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च राखी उत्पन्न समस्याको समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । अस्पताल निरीक्षण प्रदेश नं २ का मन्त्रीद्वयसहितको टोलीले बिहीबार कोरोना भाइरस उपचारका लागि तयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र मुख्यन्यायधिवक्ता दीपेन्द्र झासहितको टोलीले अस्पतालको निरीक्षण गरेको हो । सो अवसरमा टोलीले कोरोना परीक्षणका लागि जडान भइरहेको पिसिआरको निरीक्षणसमेत गरेको थियो । चिकित्सकहरुले केन्द्रबाट पठाइएका सामग्रीमा गाउनमात्र पठाएको भन्दै आपत्ति जनाएका थिए । यसअघि आएको सामग्री उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब थप व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!