शुक्रबार, चैत्र २१, २०७६ || 1066  पटक पढिएको

सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेसँगै फिर्ता पठाइएको हो । कोरोनाको जोखिम हटाउन महालक्ष्मीले बिहीबार दिउँसो ४ बजे उनीलाई मस्जिदबाट पठाइएसँगै गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्टमा प्रहरीले ल्याई राखिदिएको जानकारी यहाँका स्थानीयले पाएसँगै राति साढे १० बजे यहाँबाट पनि फिर्ता पठाइएको छ । यी नागरिकलाई सप्तरीबाट काठमाडौँ बालाजु हुँदै महालक्ष्मी नगर क्षेत्र ल्याउने व्यक्ति वा निकायको छानबिन गरी सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्न महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर क्षेष्ठले अपिल गर्नुभएको छ । यी १३ नागरिक गत सन् २०२० जनावरी २१ मा इण्डोनेशियाबाट तबलिकी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूहमार्फत काठमाडौँको जामे मस्जिदमा आइ बसेका थिए । त्यसपछि फ्रेबु्रअरी–१३ तारिखमा सप्तरीको रुपनी बजारमा तीन दिन इस्तिमा कार्यक्रम सहभागी भई गत चैैैत १८ गते सप्तरीको धार्मिक यात्राबाट फर्की चैत १९ गते काठमाडौँको बालाजु माछापोखरी मस्जिद बस्न खोज्दा त्यहाँका स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदका पदाधिकारीसँग सल्लाहमा गरी इमाडोल ल्याइएको जनाइएको छ । इमाडोलवासीले पनि कोरोना त्रासका कारण विरोध गरेपछि चैत २० गते दिउँसो रिसोर्टमा ल्याइराखिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!