शुक्रबार, चैत्र २१, २०७६ || 601  पटक पढिएको

बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आउनुभएका वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उक्त वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमित वृद्धा यही चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आउनुभएको थियो । क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आउनुभएका उहाँ सँगै बागलुङमा कोरोना संक्रमित दुई भएका छन् । उहाँ सवार विमानमा संँगै आएका बागलुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंँगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उहाँलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो । “उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भन्नुभयो, “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पताललमा सम्पर्क राख्नुहोस् ।” चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा चैत ४ गते नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । उक्त युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बागलुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बागलुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् । सहकारी दिवसको खर्च कोषमा जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु. एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो । बागलुङ जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु। एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!