खबर ठुलो छ

संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताउनु भएको छ । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिनुभयो । बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भन्नुभयो, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।” स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताउनुभयो । कोविड–१९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भन्नुभयो । कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टी गर्नु भएको छ । कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ

बिहिबार, चैत्र २०, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया