खबर ठुलो छ

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिलाई प्रहरीले खाद्यान्न वितरण गरेको छ । महानगरीय प्रहरी कार्यालयले त्यस्ता असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन काठमाडांँैका विभिन्न क्षेत्रमा खाद्यान्न वितरण गरेको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार, विभिन्न बैंकसँगको सहकार्यमा सुनगाभावाटिका नेपाल कालोपुलमा २०० जना, उज्यालो नेपाल, कुमारीगालमा ४० जना, हाम्रो सुनौलो संसार गोकर्णेश्वर जोरपाटीमा १४ जना, सोलु बालगृह कल्याण अनाथालय संस्था गोकर्णेश्वरमा १० जना बालबालिकालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ । केयर बालगृहमा १५ जना, महिला बालबालिका उत्थान केन्द्र बूढानीलकण्ठमा १० जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदूर १९ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामग्री वितरण गर्नुभएको हो । –––

बुधबार, चैत्र १९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया