बिश्वभर काेराना भाइरस काे महामारी फैलिएको अवस्थामा रतुवामई नगरपालिका का सामज सेवि ले गरे खाधन्य सामाग्री हस्तान्तरण गरेका छन । नेपाल सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरि परिवार पाल्ने आम मानिसहरूलाई यस बेला ठुलै आपत आईलागेको छ।काम गर्न जाउँ लकडाउन उलंघन हुने र सजायको भागीदार बन्नुपर्ने ,नजाउँ परिवारको प्राण नरहने, यस्तो जीवन्त मानवीय संकटबाट बच्नका लागि समाज सेवि बस्नेतले खाधन्य सामग्री हस्तान्तरण गरेका हुन । रतुवामाई ५ घर भइ हाल बिराटनगर बसाेवास गर्दे अाएका सामज सेवि बलवाहदुर बस्नेतले गाउँ घरमा रहेका गरिव परिवार हरुलाई केही राहत हाेस भन्ने उदेश्य अाफुले कमाई गरेको अाम्दनी बाट सन्चित गरेर राखेको रकम बाट उनले खाधन्य सामाग्री हस्तान्तरण गरेका छन ।

बस्नेतले २५ मन चामल २५ कार्टुन साबुन , एक हजार पिस मास्क, जनचेतना मुलक पर्चा र सय थान पन्जा राहात कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका हुन। खाद्यान्न तथा जिन्सीको लागत उनासी हजार बराबरको रहेको बस्नेतले बताए ।कार्यक्रममा रतुवामाई नगर प्रमुख रबिन राईले समाजसेवी बस्नेतको उच्च मुल्यांकन गर्दै वहाँको निरन्तर समाजसेवा प्रतिको लगाव अत्यन्तै प्रसंसनिय काम गरेको समेत बताए। कार्यक्रममा सिता देवि खत्री ( बस्नेत) रमा अधिकारी ( राई) इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझी , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!