हिपमत डटकम

बुधबार, फाल्गुण ०६, २०८२ || 916  पटक पढिएको

काठमाडौँ । नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ जना आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत माघ महिनामा काठमाडौँका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरुविरुद्ध ६५ वटा मुद्दा दर्ता भएको छ ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीरुबाट खैरो हेरोइनमात्रै ५५.१८ ग्राम बरामद भएको छ । यस्तै लागुऔषध ट्रमाडोल मात्रै २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ । गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ । यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आात्महत्याका ३६ घटना भएको छ । यसमा १९ देखि ३९ वर्षका २७ छन् । आात्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ ।अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ । ती मुद्दाहहरुमा रु आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!