बुधबार, चैत्र १९, २०७६ || 627  पटक पढिएको

नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यवहारिक बनाउन माग गरेको छ । पार्टीका तर्फबाट जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यावहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरिएको छ । विपन्न र गरीब नागरिकका लागि जतिसक्दो चाँडो राहत जरुरी रहेको भन्दै विज्ञप्तिमा यसको वितरणलाई सहज र छिटो छरितो बनाउन आग्रह गरिएको छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेसँग मापदण्डअनुुसारको कागजपत्र हुन सक्ने अवस्था नरहेका कारण व्यावहारिक भएर राहत उपलब्ध गराउनुपर्ने भन्दै काँग्रेसले गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक र उपकरणलगायतको अभाव हुँदा परीक्षण र उपचारमा ढिलाई हुनु चिन्ताजनक भएको उल्लेख गरेको छ । कोरोनाबाहेक अन्य बिरामीको अवस्थाप्रति पनि संवेदनशील हुँदै उपचार व्यवस्था मिलाउन माग गर्दै काँग्रेसले मुलुक राष्ट्रिय सङ्कटमा रहेका बेला कोरोना रोकथाम र परीक्षणका लागि खरिद गरिएका उपकरणमा अनियमितता भएको विषय बाहिर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समस्यामा परेकालाई सहयोग गर्न र विपन्नलाई राहत उपलब्ध गराउन नामावली सङ्कलनमा सक्रिय बन्न कास्की काँग्रेसले विज्ञप्तिमार्फत सबै एकाइलाई आग्रह गरेको छ । यसैबीच नेपाली काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार रामजी कुँवर र सरस्वती गुरुङले पनि विज्ञप्तिमार्फत आवश्यक भएका सबै नागरिकलाई राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । सङ्कटका बेला आफूहरु पोखरेलीको साथमा रहेको भन्दै विज्ञप्तिमा धैर्य गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!