संखुवासभाको धर्मदेवी नगरपालिका-६ का ५१ बर्षीय जंग बहादुर जिमिको घरबाट लडेर मृत्यु भएको छ । चैत्र १८ गते बिहान ११ बजे आफ्नै घर अगाडी ढुङगा निकाल्ने क्रममा चिप्लिएर लडेका जिमीलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएकोमा उपचारको क्रममा हिजो राती साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।