बिश्वभार कोरोनाको महामारी फैलिदै गएको अवस्थामा नेपाल सरकारले काेराेना को सक्रमण फैलिन नदिन लकडाउन गरको समयमा माेरङकाे रंगेली नगरपालिका मा अनौठो दृष्य देखियो । नेपाल सरकारले भिड्भाड् हुन नदिई घरमै बस्न आग्रह गर्दै आएको प्रहरी र नगरपालिकाले केही युवकहरुलाई सडकमै पोशाक वितरण गर्दै गरेको थियोे ।उक्त दृश्य मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरकारले घोषण गरेको लकडाउन लाई सफल बनाउने उदेश्यका साथ अति आवश्यक कामका लागी बजार निस्कने व्यक्ति हरुकाे दुरी कायम गराउने र अनावश्यक हिड्डुल गर्ने मानिसहरुलाई सचेत गराउनका लागी म्यादी प्रहरी सरह स्वयम सेवक खटाइरहेको छ । “प्रहरीको साथी म” नारा सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार रंगेली नगरपालिकाले मोरङ्ग प्रहरी संग सहकार्य गरी प्रहरी संगै हरेक वडामा १०÷१० जना गरी करिव ९० जना स्वयम सेवक परिचालन समेत गरेको छ । रंगेली क्षेत्रमा लकडाउनलाई सफल बनाउने उदेश्य ले यस्तो अभियान सुरु गरेको छ । अभियानलाई सफल बनाउन मोरङ्गका प्रहरी उपरिक्षक विश्व अधिकारी र रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले संयुक्त रुपमा आज “प्रहरीको साथी म” नारा लिखित पोशाक स्वयम सेवकलाई हस्तान्तरण गरेका थिए ।

मोरङ्गका प्रहरी उपरिक्षक विश्व अधिकारीले अहिलेको महामारीमा नागरिक प्रहरी हातेमालो गरेर खुल्ला रहेको नाकाको आगमनलाई रोक्ने र मानिसहरुलाई घर भित्रै लकडाउन गर्ने उदेश्य सहित बास्तविक समुदाय–प्रहरी साझेदारीको कार्यको थालनी भई उनिहरुलाई परिचालन गरिएको बताए । उनिहरुको स्वास्थ्यलाई समेत मध्यनजर गरेर नगरपालिकाले आवश्यक हातेपन्जा, माक्स, सेनिटाइजर लगायतको सामाग्री उपल्वध गराई आपसी दुरी कायम गर्नका लागी सचेत गराएको छ ।
यता रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले लकडाउन सफल बनाउने कार्य प्रहरी एक्लैको मात्र नभएर नागरिकहरुको पनि जिम्मेवारी कर्तव्य रहेकाले नगर भित्रका हरेक वडाका युवाहरुलाई प्रहरी संगै पचिलान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!