हिपमत डटकम

शुक्रबार, मंसिर २७, २०८२ || 2403  पटक पढिएको

चितवन । नेपाली कांग्रेस चितवनले यसपटकका निर्वाचनका लागि पहिले समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व पाएका व्यक्तिहरूलाई समानुपातिकमा सिफारिस नगर्ने निर्णय गरेको छ। पार्टीको बिहीबार बसेको बैठकले विशेष विधि बनाएर यस्तो निर्णय गरेको हो।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गतेका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि नयाँ विधि बनाएर सिफारिस गरिएको हो।
उनका अनुसार २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि प्रत्यक्ष बाहेक अन्य प्रणालीबाट सफलता प्राप्त गरेका व्यक्तिहरूलाई यसपटक केवल प्रत्यक्ष तर्फ मात्र सिफारिस गरिने छ।

यस निर्णयका कारण

  • पार्टी केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ,

  • केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ,

  • केन्द्रीय सदस्य शान्ति परियार,

  • बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ

लगायतका नेताहरू यसपटक समानुपातिकमा सिफारिस नहुने भएका छन्।

जिल्लाको तीनै क्षेत्रबाट प्राप्त नामहरूलाई यही विधिअनुसार रायसहित केन्द्रमा पठाइने कांग्रेस चितवनका सभापति खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!