हिपमत डटकम

बिहिबार, मंसिर २६, २०८२ || 9612  पटक पढिएको

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँ रहेको थियो।

सुनको भाउको उच्च रेकर्ड असोज ३१ गते कायम भएको थियो, जस दिन सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

चाँदीले भने केही दिनयता लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ। आज चाँदीको मूल्य प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। अघिल्लो दिनको तुलनामा चाँदी ५५ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!