
मोरङ, रंगेली — मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि मध्य–खेतामा रहेको डुम्रिको रुख मुनि परालले ढाकेर लुकाइ–छिपाइ राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

बुधबार राति गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको कमाण्डमा पुगेको टोलीले २९ बोरामा राखिएको कुल ९२१ किलो ६६० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजाबारे थप अनुसन्धान जारी रहेको रंगेली प्रहरीले जनाएको छ।
