
जनकपुर। बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठक सत्तापक्षका सांसदहरू अनुपस्थित भएपछि स्थगित गरिएको छ।

बिहान १०:३० बजेसम्म पनि सत्तापक्षका सांसदहरू नआएपछि बैठक आज दिउँसो २ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आजकै बैठकमा विश्वासको मत लिने बताएका कारण बैठक डाकिएको हो।
यसअघि सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सो आदेशअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका हुन्।