हिपमत डटकम

शुक्रबार, मंसिर १३, २०८२ || 345  पटक पढिएको

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले समाज र राजनीति बुझ्न ठण्डा दिमागले सोच्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभामा बोल्दै उनले धर्तीमा राम्रा–नराम्रा, इमानदार–बेइमान, राम–रावण दुवै थरी मानिस हुने भएकाले सबैलाई एउटै रूपमा हेर्न नहुने बताए।

नेपालका शब्दमा,
“यस धर्तीमा भ्रष्ट पनि छन्, स्वच्छ पनि छन्। राम पनि छन्, रावण पनि छन्। संसार सम्हाल्न ठण्डा दिमाग चाहिन्छ। यो देश हामीले बनाउने हो, विदेशीले होइन।”

उनले सामाजिक सद्भाव, सुशासन, नैतिकताविविधता सम्मानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार समाजवाद भनेको न्यायपूर्ण व्यवस्था, सबैको विकासखुसी जीवनको सुनिश्चितता हो।

नेपालले सुदूरपश्चिमका कार्यकर्तालाई आफ्नो दललाई प्रदेशमा पहिलो शक्तिका रूपमा स्थापित गर्न आह्वान गर्दै गाउँ–टोलसम्म पुगेर संगठन विस्तारमा सक्रिय हुन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!