सर्लाही — सर्लाहीको सदरमुकाम मलंगवामा आज एक दिनका लागि माछामासु तथा मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। विवाह पञ्चमीको अवसरमा नगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी वा जीवजन्तुको वध नगर्न, मदिरा र माछामासु बिक्री रोक्न नगरपालिकाले आग्रह गरेको हो।

नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवले जारी गरेको सूचनामा आजको दिन मदिरा तथा माछामासु बिक्री नगर्न सबै व्यापारिक प्रतिनिधि र स्थानीयलाई अनुरोध गरिएको उल्लेख छ।

त्यसैबीच, मलंगवाका स्थानीयवासीले जनकपुरधामको झैँ विवाह पञ्चमी पर्वको अवसरमा नगर परिक्रमा गराउँदै राम–सीताको प्रतीकात्मक विवाह कार्यक्रम आयोजना गर्ने तयारी मिलाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!