
विराटनगर महानगरपालिका–७ मा रहेको सरस्वती प्लास्टिक उद्योगको पछाडिपट्टि आज बिहान ठूलो आगलागी भएको छ। घटना जलजला मोड नजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको क्षेत्रमा घटेको हो।

उद्योग वरिपरि थुपारिएको प्लास्टिकको डंगुरमा अचानक आगो भड्किएको र तीव्र रूपमा फैलिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार फोहोर प्लास्टिक जलाउँदै गर्दा आगो अनियन्त्रित भएर सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।