
काठमाडौँ — मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवादका कारण नेकपा एमाले र सात राजनीतिक दलबीच आरोप–प्रत्यारोप जारी छ।

नेकपा एमालेका नेता तथा कार्यकर्ताले आज जनकपुरको जनकचोक मन्दिर परिसरमा ‘संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिऊँ’ भन्ने नारासहित धर्ना दिएका छन्।
यसैबीच सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना जारी राखेका छन् र विरोध कार्यक्रम निरन्तरता दिइरहेका छन्।