रामकुमार परियार

आइतबार, कार्तिक १७, २०८२ || 7201  पटक पढिएको

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप – २०८२ अन्तर्गत आज (आईतबार) सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईजलाई स्तब्ध पार्दै आयोजक पथरी ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

जाँतेमोडस्थित पथरी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पथरी ११ ले ब्रिगेड ब्वाइजलाई १-० ले पराजित गरेको हो ।

खेलको शुरूवातमा आयोजक पथरी ११ लाई निकै दवाबमा राखेको ब्रिगेड ब्वाइजले दोस्रो हाफमा लय सम्हाल्न नसक्दा १-० को पराजय व्योहोरेको हो ।

पहिलो हाफको शुरुवाति ८ औं मिनेटदेखि नै विपक्षी गोलपोष्टमा प्रहार गर्न थालेको ब्रिगेड ब्वाइजले गोल गर्ने निकै राम्रा अवसरहरु खेर फालेको थियो ।

१२ औं मिनेटमा पथरी ११ का अग्रपंक्तिका खेलाडी सनम धिमालले ब्रिगेड ब्वाइजको गोलपोष्टमा गरेको प्रहार गोल पोष्ट माथिबाट बाहिरिएको थियो । २१ औं मिनेटमा ब्रिगेड ब्वाइजका फर्वार्ड भुवन बस्नेतले गोल गर्ने अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए । खेलको ३७ औं मिनेटमा पथरी ११ का फर्वार्ड निरज परियारले गरेको प्रहार विपक्षी गोलकिपर सौरभ कार्कीले रोकेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको छैटौं मिनेटमा पथरी ११ का निरज परियारको सुन्दर पासलाई मिक्चेन दासले गोलमा परिणत गर्दै घरेलु टोलिलाई १-० को अग्रता दिलाए ।

दोस्रो हाफको १७ औं मिनेटमा ब्रिगेडका कप्तान एन्जल महर्जनको कर्नर सुट सिधै पथरी ११ का गोलरक्षक समिर क्षेत्रीको हातमा पुगेको थियो । दोस्रो हाफको समाप्ति संगै थपिएको ६ मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फका खेलाडीले गोल गर्ने निकै अवसरहरु खेर फालेका थिए ।

आजको खेलमा पथरी ११ का विजयी गोलकर्ता मिक्चेन दासले म्यान अफ द म्याच हुँदै नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । भोलि (सोमबार) को खेल काठमाडौंको ‘ए’ डिभिजन क्लब संकटा र पाँचथर क्लब बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!