हिपमत डटकम

बिहिबार, आश्विन २३, २०८२ || 1275  पटक पढिएको

विराटनगरस्थित Live Entertainment द्वारा आयोजित ‘Biratnagar Music Festival–2082’ यही असोज ३१ गते, शुक्रबार साँझ ४ बजे जैन भवनको खुला मैदानमा भव्य रूपमा आयोजना हुँदैछ।

दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना हुने यो चौथो संस्करणको मुख्य आकर्षण स्वर, पूर्ण राई एण्ड दाजुभाइ, र The Smriti Band को विशेष प्रस्तुति रहनेछ।

Smriti Band ले आफ्नो २५ वर्षे संगीत यात्रा पूरा गरेको अवसरमा विशेष सम्मान पनि गरिनेछ।

कार्यक्रममा Subham and The Band को प्रस्तुति, स्थानीय डान्स क्लबहरूको नृत्य, फूड स्टल, स्थानीय परिकार, प्रायोजक स्टल, र अत्याधुनिक साउण्ड तथा लाइट प्रयोग गरिनेछ।

आयोजकले सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन्। कार्यक्रमको लागत करिब २० लाख रुपैयाँ रहेको र शान्ति सुरक्षाका लागि प्रहरी, गार्ड तथा स्वयंसेवक टोली खटाइनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!